हरियो सिमी र आलुको तरकारी

४ जना परिवारको लागि (२ जना बयश्क र २ जना सानानानीहरुको लागि)

पकाउने तरिका

कर्दैमा एक टेबल चम्चा तेल हाल्नुहोस् र कर्दै तातो भइ सके पछि लसुनको पेस्ट हालेर १ देखी २ मिनेट सम्म भुट्ने र अब काटेको सिमीलाइ ५ देखी ७ मिनेट सम्म भुट्ने त्यस पछि काटेको आलु हाल्ने र चलाउने र सानो आगोमा १० मिनेट जस्तो छोपेर राख्ने । सानो आगोमा तरकारी नरम हुन थाले पछि सबै मसलाहरु हाल्ने र त्यस पछि भने काटेको टमाटर मिसाउने र मजाले चलाउने । तरकारी राम्रोसगं पाकोस् भनेर १० देखि १५ मिनेटको लागि पकाउने, अब तरकारी पाक्यो दाल र भात वा रोटीसंग यो तरकारी खाना सक्नु हुन्छ ।

बिकल्पका लागि

आलुको ठाउंमा तपाइले कुखुराको अन्दा पनि हरियो सिमीसगं मिसाएर पकाउन सक्नुहुन्छ । अन्दामा प्रयाप्त मात्रामा प्रोटिन हुन्छ भने हरियो सिमीमा बनस्पतिमा पाइने प्रोटिन पाइन्छ ।

चाहिने सामाग्रीहरु
हरियो सिमी एक प्याकेट (मसिनो गरि काटेको)
ठिक्कको आलु (२ वटा ९गोलो आकारमा काट्ेको )
काटेको टमाटर सिंगो वा सानो २ वटा
लसुनको धूलो २ टेबल चम्चा
बेसारको धूलो १/४ टेबल चम्चा
धनियाको धूलो २ टेबल चम्चा
रातो खुर्सानीको स्वाद अनुसार
नुन आधा टेबल चम्चा
तेल १ टेबल चम्चा
मुहान: Dr.Sonali Kaul’s food recipe (Certified Nutritionist in Hong Kong & Qualified Dental Surgeon from India).