Prostate Cancer प्रोस्टेट क्यान्सर


प्रोस्टेट क्यान्सर के हो ?

प्रोस्टेटमा भएको कोषहरु अनाबस्यक रुपमा बढ्ने अबस्थालाई प्रोस्टेट क्यान्सर भनिन्छ ।

Nepali_14.Jpg

प्रोस्टेट ग्रन्थीको बनावट

  • पुरुषहरुको पेल्बिकमा रहेको सानो ग्रन्थी प्रोस्टेट हो ।
  • यो ग्रन्थी पुरुषको लिगँ र मुत्राशयको बिचमा हुन्छ र पिसाब फेर्ने नलिको वरिपरी फैलिएर रहेको हुन्छ ।

तथ्यांकहरु

हगंकगं

Hong Kong

पुरूषहरूकाे अस्वस्थ दर प्रति 100,000  जनसंख्यामा 27.5 छ।

पुरूषहरूकाे मृत्यु दर प्रति 100,000 जनसंख्यामा 4.3 छ।

(Hong Kong Cancer Registry, 2020)

नेपाल

Nepal

पुरूषहरूकाे अस्वस्थ दर प्रति 100,000  जनसंख्यामा 3.0 छ।

 पुरूषहरूकाे मृत्यु दर प्रति 100,000  जनसंख्यामा 1.5 छ।

(IARC, 2021)

पाकिस्तान

Pakistan

पुरूषहरूकाे अस्वस्थ दर प्रति 100,000 जनसंख्यामा 6.3 छ।

पुरूषहरूकाे मृत्यु दर प्रति 100,000 जनसंख्यामा 3.0 छ।

(IARC, 2021)

भारत

India

पुरूषहरूकाे अस्वस्थ दर प्रति 100,000 जनसंख्यामा 5.5 छ।

पुरूषहरूकाे मृत्यु दर प्रति 100,000 जनसंख्यामा 2.7 छ।

(IARC, 2021)

चिन्ह र लक्षण

यो रोगले सुरुमा कुनै पनि लक्षण देख्न सकिदैन् । प्रोस्टेट क्यान्सर र प्रोस्टेट सुन्निदाको लक्षणहरु उस्ता उस्तै देखिने गर्छ ।

  • पिसाब र्फेन गारो वा ढिलाइ हुने
  • पिसाबको गति कम हुने
  • पिसाबमा रगत देखिने
  • पेटको तल्लो भाग वा हिपमा दुख्ने

कारक तत्बहरु

  • उमेर बढे सगै प्रोस्टेट क्यान्सर हुने सम्भाबना बढ्ने  गर्छ ।
  • लिगं वा जाति
  • परिवारिक  इतिहास
    • यदि तपाइको अभिभाबक, दिदि बहिनी, दाजु भाइ वा नानी बच्चाहरु कसैलाइ प्रोस्टेट क्यान्सर छ भने तपाइलाई अन्य ब्यक्तिहरुलाइ भन्दा दुइ, तिन गुना धैरै हुन सक्ने सम्भाबना हुन्छ ।

कृपया ध्यान दिनुहोस माथि उल्लेखित कारक तत्बहरु हुदैमा तपाईलाइ प्रोस्टेट क्यान्सर हुन्छ भन्ने छैन तर अन्य सामान्य मानिसहरुलाई भन्दा तपाइलाई धैरै हुन सक्ने संभाबना धैरै रहेको हुन्छ । त्यसैले नियमित डाक्टर वा स्वास्थ्य कर्मीसगँ प्रोस्टेटको जाचँ गराउन आबश्यक रहेको हुन्छ ।

जाचँ

प्रोस्टेट क्यान्सर पत्ता लगाउनका लागि दुइ तरिका अपनाउन सकिन्छ ।

  1. डिजिटल रेक्टल जाचँ (DRE): पन्जा र लुबरिकेटेट गरिएको औला मलद्धार भित्र छिराएर प्रोस्टेटलाई छामेर केही समस्याहरु छ छैन पत्ता लगाउने जाचँ ।
  1. प्रोस्टेट स्पेसिफिक एक्टिजेन जाचँ Prostate-specific antigen (PSA) test:
    योे जाचँमा रगतमा भएको प्रोस्टेट स्पेसिफिक एक्टिजेनको मात्रा नाप्ने गरिन्छ ।

Department of Health (2017). Prostate cancer prevention and screening. Retrieved at:

https://www.chp.gov.hk/files/pdf/5_prostate_cancer_prevention_and_screening_eng.pdf

रोकथामका उपायहरु

  • फाइब्रर धैरै मात्रामा भएका खानाहरु जस्तै सातपात, फलफुल, गहूँबाट बनेका खानाहरु आदि
  • दिनको ३० मिनेट नियमित ब्ययाम गर्ने
  • मदिरा सेवन कम गर्ने
  • धूम्रपान कम गर्ने
  • शरिरको वजनलाइ सन्तुलित राख्ने