क्लोरेक्टल क्यान्सर के हो ?
मानिसको आन्द्रा र मलदृारबाट सुरु भएको क्यान्सरलाइ क्लाेरेक्टल क्यान्सर भन्निछ । यो क्यान्सरको उत्पतिसगै क्यान्सरलाइ कोलोन वा रेक्टल क्यान्सर पनि भन्निछ ।
कृपया ध्यान दिनुहोस कोलोन र रेक्टल क्यान्सरलाइ प्राय एकै ठाँउमा राखिन्छ, किन भने यी दुइ क्यान्सहरुको सामान्य तया एकै किसिका लक्षणहरु देखिन्छ ।

तथ्यांकहरु
हगंकगं
Hong Kong
महिला र पुरूषहरूकाे अस्वस्थ दर प्रति 100,000 जनसंख्यामा 35 छ।
महिला र पुरूषहरूकाे मृत्यु दर प्रति 100,000 जनसंख्यामा 12.2 छ।
(Hong Kong Cancer Registry 2020)
नेपाल
Nepal
महिला र पुरूषहरूकाे अस्वस्थ दर प्रति 100,000 जनसंख्यामा 4.3 छ।
महिला र पुरूषकाे मृत्यु दर प्रति 100,000 जनसंख्यामा 2.5 छ।
(IARC, 2021)
पाकिस्तान
Pakistan
महिला र पुरूषहरूकाे अस्वस्थ दर प्रति 100,000 जनसंख्यामा 5.3 छ।
महिला र पुरूषहरूकाे मृत्यु दर प्रति 100,000 जनसंख्यामा 3.0 छ।
(IARC, 2021)
भारत
India
महिला र पुरूषहरूकाे अस्वस्थ दर प्रति 100,000 जनसंख्यामा 4.8 छ।
महिला र पुरूषहरूकाे मृत्यु दर प्रति 100,000 जनसंख्यामा 2.8 छ।
(IARC, 2021)
क्लोरेक्टल क्यान्सरका चिन्ह र लक्षणहरु
सुरुको अबस्थामा यो क्यान्सरको कुनै लक्षणहरु देखिदैन् ।
- दिशामा रगत देखिने ।
- दिशामा चिप्लो पर्दाथ देखिने ।
- दिशा गर्ने बानीमा फरक आउने जस्तै सामान्य भन्दा धैरै दिशा लाग्ने, पखाला लागे जस्तो वा कब्जियत भएकाे महसुस हुने ।
- पेटमा दिशा पूर्ण रुपमा खाली नभएको जस्तो अनुभब हुने ।
- पेट दुख्ने ।
- सामान्यतया अपठ्यारो हुने, थकाई लाग्ने र वजन कम हुर्दै जाने अादि ।
कारक तत्बहरु
Modifiable: Mainly related to sedentary lifestyle
- धैरै मात्रामा रातो मासु वा पाेलेको मासु खानाले

- कम ब्यायम गर्नाले

- मतोपना

- मदिरा सेबन गर्नाले

- धूम्रपान

परिवर्तन गर्न नसकिने कारक तत्वहरु
- ५० बर्ष वा सो भन्दा बढिका पुरुषहरु
- पहिले कुनै खाले पोलिप भएको खण्डमा

- परिवारमा कसैलाइ क्लाेरेक्टल क्यान्सर भएको अबस्थामा
-
यदि तपाइको अभिभाबक, दिदि बहिनी, दाजु भाइ वा नानी बच्चाहरु कसैलाइ क्लोरेक्टल क्यान्सर छ भने तपाइलाई अन्य ब्यक्तिहरुलाइ भन्दा दुइ, तिन गुना धैरै क्लाेरेक्टल क्यान्सर हुन सक्ने समभाबना हुन्छ ।
-

- बंशाणुगत आन्द्रको रोगहरु
- लामो समयसम्म आन्द्र सुनिएको भएमा
कृपया ध्यान दिनुहोस माथि उल्लेखित कारक तत्बहरु हुदैमा तपाईलाइ क्लोरेक्टल क्यान्सर हुन्छ भन्ने छैन तर अन्य सामान्य मानिसहरुलाई भन्दा तपाइलाई धैरै हुन सक्ने संभाबना धैरै रहेको हुन्छ । त्यसैले नियमित डाक्टर वा स्वास्थ्य कर्मीसगँ क्लाेरेक्टलको जाचँ गराउन आबश्यक रहेको हुन्छ ।
रोकथामका उपायहरु
- फाइब्रर धैरै मात्रामा भयका खानाहरु जस्तै सातपात, फलफुल, गहूँबाट बनेका खानाका परिकारहरू आदि

- रातो मासुकाे सेवनलाइ कम गर्ने

- दिनको ३० मिनेट नियमित ब्ययाम गर्ने

- शरिरको वजनलाइ सन्तुलित राख्ने

- मदिरा सेवन कम गर्ने

- धूम्रपान कम गर्ने
