Osteoarthritis हड्डि खियिनु


ओस्टिओपोराइटिस वा हड्डी खियिनु भनेकाे के हो ?

ओस्टिओपोराइटिस जोर्नीे सम्बन्धि रोग हो । यो रोग प्राय उमेर ढल्किदै जादाँ सबैलाइ लाग्न सक्छ र कहिले कसो सानो उमेरका मानिसहरुमा पनि यो रोग लाग्न सक्छ ।

कुरकुरे हाड भाचिन्छ →  हाडहरुको बिचमा घषर्ण पैदा हुन्छ → दुख्ने, जाम पर्ने र हिड्डुल गर्न गारो हुने

चिन्ह र लक्षणहरु

  • दुख्ने
  •  जोर्नीमा जाम पर्ने
  •  हिड्दुल गर्न अपठ्याराे हुने
  •  सुन्निने
  •  रातो र तातो हुने

कारक तत्बहरु

परिबर्तन गर्न सकिने

  • मतोपना

परिर्बतन गर्न नसकिने कारक तत्बहरु

  • ओस्टिओपोराइटिस रोग प्राय उमेर ढल्किदै जादाँ लाग्न सक्छ ।
  • प्राय ५० बर्ष काटेका महिलाहरुमा पुरुषहरुलाई भन्दा धैरै हुने गर्छ ।
  • वंशाणुगत इतिहास स् ब्यक्ति जसको परिवारमा यो रोग छ त्यस्ता ब्यक्तिमा यो रोग लाग्ने सम्भाबना धैरै
    हुन सक्छ ।

ओस्टिओपोराइटिस भएको कसरी थाहा पाउने ?

यो रोग बिरामीमा देखीने लक्षणबाट थाहा हुन सक्छ ।
एक्स रे बाट पत्ता लगाउन सकिने । यो गर्दा जोर्नी बिचको भागलाइ हेर्न सकिन्छ ।

रोकथामका उपायहरु

  • वजनलाई सन्तुलित राख्ने
    • बडी मास इन्डेस (BMI)

      स्वस्थ बडी मास इन्डेस BMI भनेको 18.5 – 22.9Kg/m² बिचमा हुनु पर्छ ।

  • दिनको ३० मिनेट शरिरि ब्ययाम गर्ने
  • अकुपेशनल इन्जुरी प्रीभेन्सन
    • उचित उपचार पाएको खण्डमा बाथ रोगलाइ रोकथाम गर्न सकिन्छ ।