पाठेघरको मुखको क्यान्सर के हो ?

पाठेघरको मुखको क्यान्सरको बिकास असामान्य कोशिकाहरु परिवर्तनको कारण हुन्छ ।
तथ्यांकहरु
हगंकगं
Hong Kong
महिला अस्वस्थ दर प्रति 100,000 जनसंख्यामा 8.4 छ।
महिला मृत्यु दर प्रति 100,000 जनसंख्यामा 1.9 छ।
(Hong Kong Cancer Registry, 2020)
नेपाल
Nepal
महिला अस्वस्थ दर प्रति 100,000 जनसंख्यामा 16.4 छ।
महिला मृत्यु दर प्रति 100,000 जनसंख्यामा 11.1 छ।
(IARC, 2021)
पाकिस्तान
Pakistan
महिला अस्वस्थ दर प्रति 100,000 जनसंख्यामा 6.1 छ।
महिला मृत्यु दर प्रति 100,000 जनसंख्यामा 4.0 छ।
(IARC, 2021)
भारत
India
महिला अस्वस्थ दर प्रति 100,000 जनसंख्यामा 18.0 छ।
महिला मृत्यु दर प्रति 100,000 जनसंख्यामा 11.4 छ।
(IARC, 2021)
Signs and Symptoms
सुरूकाे अबस्थामा बिभिन्न चिन्ह र लक्षणहरू देखा पर्न सक्छ जस्तै
- महिनाबारी हुदाँ बिच बिचमा रगत बग्ने
- याैन सम्पर्क गरे पछि वा पेल्भिककाे जाचँ गरे पछि रगत बग्ने
- महिनाबारीकाे समयमा सामान्य भन्दा लामाे समय रगत बग्ने
- महिनाबारीका बेला अत्याधिक रगत बग्ने
- याैनीबाट गन्याउने पानि बग्ने
- याैन सम्पर्कका बेला दुख्ने र
- तल्लाेपेट दुख्ने
पाठेघरको मुखको क्यान्सरको जोखिम कारक तत्वहरु के के हुन ?
- धैरै यौन साथी हुनाले

- रोगसगँ लड्ने क्षमता कम भएकाले

- ह्रयूमेन प्यापीलोमाभाइरस संक्रमणको इतिहास भएको व्यक्तिमा, बिशेष गरि यो कारण पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो ।

- पाचँ बर्ष भन्दा धैरै समयसम्म परिवार नियोजनको साधन पिल्स चक्की खानाले पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ ।

- धूम्रपान

- धैरै बालबच्चा जन्माउने र सानो उमेरमा गर्भवती भएकाले

- कम उमेरमा यौन सम्पर्क गर्नाले
कृपया याद गर्नुहाेस् : अन्य मानिसहरूकाे तुलनामा माथी उल्लेखित कारक तत्वहरू धैरै हुदैमा तपाइलार्इ पाठेघरकाे मुखकाे क्यान्सर हुन्छ भन्ने छैन । यसकाे मतलब पाठेघरकाे मुखकाे क्यान्सर लाग्ने संभाबना धैरै हुन सक्छ भन्न खाेजेकाे हाे । त्यसैले बेलैमा स्वास्थ्यकर्मीकाे सहयाेग लिनुहाेस र नियमित स्वास्थ्य जाँच गर्नुहाेस् ।
रोकथामका उपायहरु
- सुरक्षित यौन सम्पर्क राख्ने, एक वा सो भन्दा धैरै यौन साथि नराख्ने र यौन सम्पर्कका बेला कन्डम प्रयोग गर्ने


- धुम्रपान नर्गने

- यौन सम्पर्क गर्नु भन्दा पहिले एचपीभी को खोप लगाउने जसले गर्दा तपाई एचपीभी सम्बन्घि रोगहरुबाट बच्न सकिन्छ ।

- क्यान्सर भएको नभएको सुरुमा पत्ता लगाउनमा लागि नियमित प्याप टेस्ट गर्ने