Say "NO" to Chronic Diseases

logo

Stroke स्ट्रोक

मष्तिस्कघात के हाे?

मष्तिस्कमा बग्ने रक्तनलिमा बोसो जमेर वा नसा फुटेर रगतको मात्रा कम वा बन्द भएका कारण मानिसको मष्तिस्कमा रगतको कमी भएको अबस्थालाई स्ट्रोक वा मष्तिस्कघात भनिन्छ ।

स्ट्रोकका प्रकारहरु

स्ट्राेक बिशेष गरी दुइ प्रकारका हुन्छन्

स्केमिक स्ट्राेक

  • स्केमिक स्ट्राेक
  • ट्र्रजियन्ट स्ट्रोक वा मिनि स्ट्रोक (TIA or mini-stroke)

हेमाेरेजिक स्ट्राेक

स्केमिक स्ट्रोक (रगत जमेको) Ischemic Stroke (Clot)

मष्तिस्कमा सँचार हुने रक्तनली बन्द भएका कारण मस्तिसकमा चाहिने रगतको मात्रा कम भएका कारण
यो स्केमिक स्ट्रोक हुने गर्छ ।

टि आई ए अथात ट्र्जियन्ट स्ट्रोक वा मिनि स्ट्रोक TIA (Transient ischemic attack)

टि आई ए अथात ट्र्रजियन्ट स्ट्रोकलाइ मिनि स्ट्रोक पनि भनिन्छ । कारण बस केहीबेरका लागि रक्तनली बन्द भइ रगतको मात्रा दिमागमा कम हुने अबस्थालाइ टि आई ए अथात टर्राजियन्ट स्ट्रोक वा मिनि स्ट्रोक भनिन्छ । यो स्ट्रोकको लक्षण केबल १ देखी ५ मिनेट सम्म रहन सक्छ । यो रोगले लामो समयसम्म हानी गर्दैन तर यदि बेलै मा उपचार नगरेको अबस्थामा फुल स्ट्रोक हुन सक्छ ।

हेमोरेजिक स्ट्रोक (रगत बग्ने) Hemorrhagic Stroke (Bleed)

जब मष्तिस्कमा बगेका रक्तनलीहरु कुनै पनि कारणले गर्दा कमजोर भइ फुटेका कारण रगत नसा बाहिर निस्किन्छ र वरिपरि भएका कोषहरुलाई थिचेको अबस्थामा यो हेमोरेजिक स्ट्रोक हुने गर्छ ।

चिन्ह र लक्षणहरु

स्ट्रोक भएको ठाउँ र भाग अनुसार यसको लक्षण देखिने गर्छ । जटिल स्ट्रोक का कारण मानिसको ज्यान जान पनि सक्छ । (WHO)

स्ट्रोकको लक्षण पत्ता लगाउनका लागि यो फास्ट वा फेस, र्आम, स्पीच र टाइम सबै भन्दा महत्वपूण मानिन्छ ।

कारक तत्बहरु
परिर्वतन गर्न सकिने कारक तत्वहरू
परिर्बतन गर्न नस्किने कारक तत्वहरू
प्रयाप्त मात्रामा ब्ययाम नहुनु
  • उमेर
  • पारिवारीक इतिहास
  • लिगं
  • पहिले टिआइए वा मष्तिस्कघात भएको अवस्था
अस्वस्थ खानाहरु
धुम्रपान सेवन
अत्याधिक मदिरा सेवन
मतोपना

पहिले देखी रहेको रोगहरु निम्न रोगहरुले गर्दा मष्तिस्कघात धैरै हुन सक्छ ।

  1. उच्च रक्तचाप
  2. मधुमेह
  3. शरिरमा कोलेस्टेरोलको मात्रा बढी भएमा
  4. क्यारोटिट र्आरटी डिजिजस् घाटीको नसाहरु बन्द हुने
  5. र्आरटीरियल फिबरीलेसनस् मुटुको धड्कन एकनास नभएकाले रगत जम्ने हुनाले मष्तिस्कघात हुन सक्छ ।
  6. ख्क्ष्। अन्य मुटु सम्बन्धी रोगहरुस् मुटुका रोगहरु जस्तै हृदयघात, र्हाटभल्बको रोग आदिले मष्तिस्कघात हुने समभाबना धैरै बढाएर लैजान्छ ।
स्ट्रोक कसरी पत्ता लगाउन?
इमेजिङ परीक्षण
  1. सि टी स्क्यान CT scan: सि टी स्क्यानले स्ट्रोकेको प्रकार, कारण र स्ट्रोक भएको स्थान पत्ता लगाउनका लागि इमेज ठुलो बनाउने काम गर्छ ।

  2. एमआरआइ स्क्यान MRI scan : यो एमआरआइ स्क्यान गर्ने तरिका र सीटि स्क्यान गर्ने तरिका एउटै हो तर यसमा देखिने इमेज ठुलो र रोगको ’boutमा धैरै जानकारी दिने गर्छ ।
रगतको जाचँ
  1. अल्ट्रसाउन्ड : अल्ट्रसाउन्ड मेसिनले घाटी देखी टाउको सम्म बग्ने नसामा रगतको सप्लाइ कति छ भनेर जाचँने गर्छ । यो जाचँले घाटीको नसामा कुनै बस्तु जमेर बसेको छ की छैन भनेर हेर्नका लागि यो जाचँ गरिन्छ ।
  1. एन्जीयोग्राफी : यो जाचँमा कम्पुयुटर हेरेर रक्तनलीमा बगेको रगतको गति थाहा पाउन सकिन्छ ।
रोकथामका उपायहरु

रक्तचापलाई नियमित नियन्त्रणमा राख्ने

बोसो वा नुन धैरै भएका खाना कम खाने

हरेक दिन फलफुल र सागपात खाने

दिनको ३० मिनेट ब्ययाम गर्ने

सुद्ध गहुँबाट बनेका खाने कुरा प्रयोग गर्ने

धूम्रपान छोड्ने

शरिरको वजनलाई सन्तुलित राख्ने

अत्याधिक मदिरा सेवन नगर्ने