बङलादेशी स्ट्यल चाइनिज वेजिटेबल

(सर्भिङ संख्या ६)

पकाउने तरिका

१. कुखुराको छातीमा टासिएको छालालाई निकल्ने। ठीक्क आगोमा २५० मिलिलिटर पानीमा छाला नभएको कुखुराको छातीलाई ५ मिनेट सम्म पकाउनुहोस् । त्यस पछी कुखुराको छातीलाई पानीबाट निकल्नुहोस् र सानोसानो गरेर कत्नुहोस् । उम्लेको पानी अतिकै राख्नुहोस् ।

२. एउटा भाडामा ३७५ मिलिलिटर पानी उमाल्नुहोस्, उम्लेको पानीमा ब्रोकाउली, फुलगोपी, जागर, र लामो सिमी आधा पाक्नेगरी पकाउनुहोस्। ति सबै पाकिसके पछी निकल्नुहोस् र एउटा भाडामा राख्नुहोस् र पाकेको पानीलाई अतिकै राख्नुहोस्।

३. अब भने ठीक्कको आगोमा तेललाई तताउनुहोस् र काटेको लसुन र हरियो खुर्सनी लाई कारीब ३० सेकेन्डसम्म पकाउनुहोस्। त्यस पछी आधा पाकेको सागसब्जिलाई एक एक गरेर भाडामा हल्नुहोस् र १ मिनेटसम्म पकाउनुहोस् । अब भने बेबीकर्नलाई पनि भाडामा हल्नुहोस् र १ मिनेट सम्म पकाउनुहोस् र क्यप्सिकम, प्याज, च्याउ, कुखुराको छातीलाई हालेर पकाउनुहोस्।

४. अब भने सोयसस,ओय्सटर सस, ब्लक पेपर, र एक चिम्ती नुन हल्नुहोस् र २-३ मिनेट सम्म पकाउनुहोस्। अब भने अगाडि राखेको उम्लेको पानी (चिकेन स्टक) थप्नुहोस् र अरु १ मिनेटसम्म पकाउनुहोस्.

५. भेजिटेबल स्टकलाई एउटा कपमा राख्नुहोस् र क्रनस्टार्चलाई पनि मिसाउनुहोस् र सबैलाईएकै ठाउँमा मिसाउनुहोस् र यस्लाई बाक्लो बनाउनको लागि चलाउदै पकाउनुहोस् र अब भने खानको लागि तयार भयो।

सामाग्रीहरु

कुखुराको छातीको मासु१ पिस (मसलासँग मोल्ने)
ब्रोकाउली१ कप (मुखमा अत्नसक्ने आकारको )
फुलगोपी१ कप (मुखमा अत्नसक्ने आकारको )
गाजर१ कप (मुखमा अत्नसक्ने आकारको )
लामो सिमी१ कप (मुखमा अत्नसक्ने आकारको )
वेजिटेबलको तेल१ टेबल चम्चा
लसुन४-५ (ठीक्क आकारमा काटेको)
हरियो खुर्सानी६-७ वटा काटेको
बबी कर्ण१ कप (मुखमा अत्नसक्ने आकारको )
रातो र पहेलो कप्सिकम१ कप (मुखमा अत्नसक्ने आकारको )
प्याजआढा कप काटेको
च्याउ१ कप (मुखमा अत्नसक्ने आकारको )
सोयासस१ टेबल चम्चा
ओयस्तर ससआढा चम्चा
ब्लक पेपरआढा चम्चा
नुनस्वाद अनुसार
क्रन स्टार्चसादे एक टेबल चम्चा
पानी 

म्यारिनेड

लसुनको लेदोआधा टेबल चम्चा
अदुवाको लेदोआधा टेबल चम्चा
नुनस्वाद अनुसार
मुहान: Tam, S. M., Lau, J. Y. C., Lee, C. W. T. The ICONIC Mums Kitchen: Tastes of Intercultural Hong Kong.  Department of Anthropology, The Chinese University of Hong Kong