Say "NO" to Chronic Diseases

logo

तन्दुरी चिकेन मसाल Tandoori chicken masala

तन्दुरी चिकेन मसाल

(4 देखि ५ जनाका लागि )

सामग्रीहरु

एक सिंगो कुखुरा
नुन१ चम्चा
निम्बुको रस२ टेबल चम्चा
तन्दुरी मसलाको मिश्रण
(यी मसलाहरु दक्षिण एसियाली किराना पसलहरुमा पाइन्छ)
२ टेबल चम्चा
तेल२ टेबल चम्चा
सामान्य दहि२५० मिलिलिटर

पकाउने तरिका

१. सबै भन्दा पहिले कुखुराको छाला निकाल्नुहोस् र राम्रोसंग पानीले धुनुहोस र नुनसगं मिसाउने

२. सानो बाटामा निम्बुको रस, तन्दुरी मासलाहरु, तेल र दहिलाइ राम्रो संग मिसाउने र त्यस पछि कुखुरालाई सबै तिर मिसाउनुहोस। कुखुराको मासु मसलासग मिसावट गरिसके पछि करिब २-३ घण्टा समय सम्म छोपेर राख्नु होला। रात भरि राख्न सके अझ राम्रो हुन्छ ।

३. अब भने ओबनलाइ ३५० डिग्री फरेन्हाइट मा तताउनुहोस त्यस पछि चिकेनलाइ ग्रिल गर्नुहोस र करिब ४५ मिनेट सम्म बेक गर्नुहोस् ।

४. अब भने तन्दुरी चिकेन मसला रेडी भएको छ खान सक्नुहुनेछ

 

स्रोतहरू: Tam, S. M., Lau, J. Y. C., Lee, C. W. T. The ICONIC Mums Kitchen: Tastes of Intercultural Hong Kong.  Department of Anthropology, The Chinese University of Hong Kong