Say "NO" to Chronic Diseases

logo

उसिनेको तोफुसंग माछाको बाक्लो झोल वा लेदो Steamed tofu with fish paste

उसिनेको तोफुसंग माछाको बाक्लो झोल वा लेदो

४ जनाको लागि

पकाउने बिधि

१. तोफुलाइ केहि सेकेन्डको लागि उमल्नुहोस र केहि समय पछि तोफुलाई निकालेर पानीमा तारेर एक छेउमा राख्नुहोस् ।

२. माछाको पेस्ट मज्जाले अन्य मसलासंग मिसाउनुहोस् र तोफुलाइ पनि राम्रोसंग मिसाउनुहोस ।

३. ब्रसले ओलिवको तेललाइ प्लेटमा दल्नुहोस र त्यसपछि त्यो प्लेटमा माछा र तोफुलाइ मिसाउनुहोस र सबै तिर फ़ैलाउनुहोस ।

४. अब भने ठुलो भाडामा पानि बसल्नुहोस र पानि उल्मिसके पछि माछा र तोफु राखेको प्लेटलाइ ठुलो भाडामा उमालेको पानि माथि राख्नुहोस र ५ मिनेट सम्म राख्नुहोस्।

५. त्यसपछि पतलो सोयाससलाइ माथिबाट चारैतिर हाल्नुहोस र मसिनो गरि काटेको धनियालाइ पनि सबैतिर छर्नुहोस। मसिनो गरि काटेको प्याजलाई पनि सबैतिर छर्नुहोस र अब भने उसिनेको तोफुसंग माछाको बाक्लो लेदो तयार भयो सबै जनाले खान सक्नु हुनेछ ।

सामग्रीहरु

नरम तोफु उसिन्नको लागि१ प्याकेट
माछाको पेस्ट (लेदो )२०० ग्राम
ओलिवको तेल१/३ टेबल चम्चा
हल्का सोयाससस्वादको लागि
धनियास्वादको लागि (मसिनो गरि काटेको)
प्याजस्वादको लागि (सानो खालको)

म्यारिनेड

मकैको एकदम मसिनो पिठो२ टेबल चम्चा
नुनस्वाद अनुसार
सेतो मरिचको धुलोस्वाद अनुसार
मुहान: Tam, S. M., Lau, J. Y. C., Lee, C. W. T. The ICONIC Mums Kitchen: Tastes of Intercultural Hong Kong.  Department of Anthropology, The Chinese University of Hong Kong