स्तन क्यान्सर के हो ?

स्तनको कोशिकाहरु असामान्य रुपमा बढ्नु नै स्तन क्यान्सर हो । यी असामान्य स्तन कोशिकाहरु वरिपरिको कोशिका वा शरिरका अगंहरुमा फैलिने रोगलाई क्यान्सर भनिन्छ ।
तथ्याकहरु
हगंकगं
Hong Kong
महिला अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा ६२ दशमलब ९ छ ।
महिला मृत्यु दर प्रति १००,००० जनसंख्यामा ९ दशमलब ४ छ ।
(Hong Kong Cancer Registry, 2020)
नेपाल
Nepal
महिला अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा १५ छ ।
महिला मृत्यु दर प्रति १००,००० जनसंख्यामा ७ छ ।
(IARC, 2020)
पाकिस्तान
Pakistan
महिला अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा ११४ छ ।
महिला मृत्यु दर प्रति १००,००० जनसंख्यामा २२ छ ।
(IARC, 2020)
भारत
India
महिला अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा २४ दशमलब ७ छ ।
महिला मृत्यु दर प्रति १००,००० जनसंख्यामा ११ दशमलब 9 छ ।
(IARC, 2020)
स्तन क्यान्सरका लक्षण र संकेतहरु
- स्तनमा डल्लो वा गाठोँ भएकाे महसुस हुने

- स्तनमा बोसोकाे डल्लाे जम्मा हुने

- स्तन वा काखीमा गाँठो

- स्तनको मुन्टोबाट दुध बाहेक अन्य तरल पर्दाथ जस्तै पिप चुहिरहने

- स्तनको बाहिरको छालाको रगंमा फरक आउने वा स्तनको छाला सुन्तलाको रगं जस्तो परिवर्तन भएको

- दुधको मुन्टो भित्र छिर्ने

कारक तत्वहरु
परिवर्तन गर्न सकिने कारक तत्वहरु
- कम कसरत

परिवर्तन गर्न नसकिने कारक तत्वहरु
- स्तन क्यान्सर भएकाे पारिवारीक इतिहास

- मोटोपन

- बढ्डो उमेर

- अत्यधिक मादव पदार्थको प्रयोग

- बशांणुहरु BRCA 1 & BRCA 2 मा परिवर्तन

- अत्याधिक मात्रामा बोसो भएको खानाहरु खाने भएकाले

- लामो समयसम्म र्हमोन प्रयोग गर्नाले

- ३५ बर्षपछि पहिले बच्चा जन्माउदा

- बच्चा नभएका महिलाहरु
- रजस्वला ५५ बर्ष वा ढिलो रोकिएका कारण
- बिगतमा स्तन सम्बन्धि रोगहरु भएमा
- १२ बर्ष वा साे भन्दा सानो उमेरमा महिनाबारी भएमा
कृपया ध्यान दिनुहोस माथि उल्लेखित कारक तत्बहरु हुदैमा तपाईलाइ स्तन क्यान्सर हुन्छ भन्ने छैन तर अन्य सामान्य मानिसहरुलाई भन्दा तपाइलाई हुन सक्ने संभाबना धैरै रहेको हुन्छ । त्यसैले नियमित स्तनको जाचँ गराउन आबश्यक रहेको हुन्छ ।
रोकथाम
- कम्तीमा पनि दिनको ३० मिनेट नियमित ब्ययाम गर्ने

- मदिरा सेवन नगर्ने

- धुम्रपान छोड्ने

- स्तनपान गराउने

- वजन स्वस्थ र सन्तुलित राख्ने
