हृदयघात भनेको के हो ?

मुटुको माशंपेशीहरुमा अचानक रगतको मात्रा कम हुदा मानिसमा हृदयघात हुन सक्छ । धैरै जसो हृदयघात कोरोनरी र्हाट सम्बन्धि रोगहरुले गर्दा हुने गर्छ ।

क्रोनरी र्हाट डिजिज
  • कोरोनरी धमनी वा नसा जस्ले मुटुमा रगत लैजाने काम गर्छ, नसा भित्र बोसो वा कोलेस्टेरोल जम्मा भइ जमेका कारण साधुरो हुन्छ ।
  • कुनै कारणले गर्दा जम्मा भएको बोसोे वा कोलेस्टेरोल फुट्छ र रगत जम्न सक्छ ।
  • रगत जमेका कारण मुटुमा पुग्नु पर्ने रगत मात्राको कमीले गर्दा मानिसलाइ हृदयघात हुने गर्छ ।
हृदयघातका चिन्ह र लक्षणहरु
हृदयघातका कारक तत्बहरु
परिवर्तन गर्न सकिने
परिवर्तन गर्न नसकिने
धूम्रपान छोड्ने
  • उमेर
  • लिगं
  •  पारिवारीक इतिहास
शरिरिक ब्ययाम
मतोपना
अस्वस्थ खाना
अत्याधिक मदिरा सेवन
  • मधुमेह
  • उच्च रक्तचाप
  • अत्याधिक कोलेस्टेरोल
हृदयघातलाई कसरी पत्ता लगाउने ?

हृदयघात भएको पत्ता लगाउन सुरुमा रगतको जाचँ गरी सकेपछि विभिन्न इन्भ्याजिब वा नन इन्भ्याजिब जाचँहरु गर्ने गरिन्छ ।

नन इन्भ्याजिब जाचँहरु
  • इ सी जी ECG: इलेक्ट्रोकार्डिओग्राम (ECG) भनेको एउटा छोटो समयमा गरिने जाचँ हो । यो जाचँमा मुटुकोे इलेक्ट्रीकल चाल वा क्रियाकलाप पानामा उतारेर हेर्ने गरिन्छ । यो जाँच गर्नका लागि ५ देखी १० मिनेट समय लाग्न सक्छ ।
  • इकोकार्डियोग्राम : इकोकार्डियोग्राम मुटुको भल्ब र माशपेशी जाचँ गर्नका लागि यो जाचँ गर्ने गरिन्छ । यो जाचँ बिषेशज्ञ डाक्टरले र्गछन् र यो जाचँका लागि १५ देखी २० मिनेट लाग्ने गर्छ ।
  • छातीको एक्स(रे : दुखाइ र सास र्फेन किन छातीका असजिलो भनेर जाचँ गर्नका लागि एक्सरे गर्ने गरिनेछ ।
  • तनाब जाचँ : तनाब जाचँमा बिरामीलाइ स्टेस्नरी साइकल चलाउनका लागि दिइन्छ, र केही मिनेटको लागि र्टेडमिलमा हिड्न पर्ने हुन्छ । बिरामीले ब्ययाम गरि सके पछी मुटुको धड्कन बढ्ने भएकाले डाक्टरले उनीहरुको शरिरको प्रतिक्रिया हेर्ने गछ्न् ।
  • हल्टर मोनिटर : हल्टर मोनिटर एक प्रकारको मसिन हो जसले २४ घण्टा वा सो भन्दा बढि समयको मुटुको क्रियाकलाप मोनिटर गर्ने गर्छ ।
  • सीटी स्क्यान : कम्पूयुटेट टोमोग्राफी (CT) स्क्यान बिभिन्न मुटु सम्बन्धि रोगहरु जाचँ गर्नका लागि जस्तै कोरोनिक धमनीमा जम्मा भएको बोसो जाचँ गर्नका लागि यो जाचँ गर्ने गरिन्छ
इन्भ्याजिब जाचँ
  • कोरोनरी एन्जीओग्राफी र कार्डिक क्याथेटेराइजेसन : साप्राको कापामा वा अन्य भागहरुमा रहेको रक्तनलीमा एउटा रबरको टुब मुटु तर्फ पठाइन्छ र कोरोनरी धमनी खुम्चिएको छ वा रगत जमेको छ या छैन् भनेर छद्द हेर्नका लागि यो जाचँ गर्ने गरिन्छ
हृदयघात रोकथामका उपायहरु

धूम्रपान छोड्ने

नियमित ब्ययाम गर्ने

रक्तचापलाई सन्तुलन गर्ने (Hypertension)

शरिरको वजन सन्तुलित राख्ने

  • बडी मास इन्डेस (BMI)

    स्वस्थ बडी मास इन्डेस ९द्यःक्ष्० भनेको 18.5 – 22.9Kg/m² बचमा हुनु पर्छ

स्वस्थ खाना सन्तुलन गर्ने

  • रगतमा कोलेस्टेरोलको मात्रालाई सन्तुलित गर्ने (hyperlipidemia)
  • रगतमा भएको ग्लकुजको मात्रा सन्तुलन गर्ने (Diabetes mellitus)
मधुमेह
फास्टिग पलाग्म ग्लकुज
≥ ७.0 mmol/L (१२६ mg/dl) or
२ घण्टा पछिको पलाज्म ग्लकुज
≥ ११.१ mmol/L (२०० mg/dl) or
एचवीएवानसी
≥ ६.५%