Say "NO" to Chronic Diseases

logo

चिकेन मोमो वा कुखुराको मासुको मोमो Chicken Momo(साठी वटा)

चिकेन मोमो वा कुखुराको मासुको मोमो

(साठी वटा)

मोमो पकाउने तरिका वा बिधि
१. कुखुराको किमालाइ मसिनोसंग काटेको ( छाला निकाल्नुहोस्त) रकारीसंग मिसाउनु होस् र आफ्नो स्वाद अनुसारको मसलाहरु मिसाउनुहोस । यदि तपाइलाई खुर्सानी मन पर्छ भने किमा संग मिसाउन सक्नुहुन्छ ।

२. मोमो भित्र राख्ने सामग्री पुरा भैसके पछि आफुलाई मनपर्ने आकारको पिठो लिनुहोस् र मोमो बनाउन सुरु गर्नुहोस्। मोमो बनाउनु भन्दा पहिले मोमो बनाउने पिठोको छेउछेउमा पानि लगाइ पिठोलाइ नरम पार्नुहोस र चाहिएको किमा पिठो भित्र राखेर मोमो बनाउन सकिन्छ ।

३. अब भने मोमो पकाउने भाडामा पनि उमाल्न सुरु गर्नुहोस् ।

४. मोमोको भाडामा मोमो तासिन नदिनको लागि मोमोको भाडामा अलि अलि तेल लगाउनुहोस । बनिसकेको मोमोलाई भाडामा अलग अलग गरेर राख्नुहोस् ।मोमोको भाडा भरि भैसके पछि भने तपाइले उम्लेको पानीमा करिब १५-२० मिनेट पकाउन सक्नुहुन्छ र पाकिरहेको पानीमा अचार बनाउनको लागि आफुलाई चाहिने जति गोलभेडा ४-५ मिनेट सम्म उमाल्न सक्नु हुन्छ । ४-५ मिनेट पछि गोलभेडालाइ निकालेर बोक्रा निकाल्न सक्नु हुन्छ र चट्नी वा अचारको लागि चाहिंने सामग्री तयार गरि सकेपछि भने मिक्सरमा राखेर चट्नी बनाउन सक्नुहुनेछ .

५. अब भने चट्नी तयार भयो र मोमो पनि पाक्यो र सबैले खान सक्नु हुनेछ ।

सामाग्रीहरु

गोलो आकारको पिठो पातलो रोटिसाठीवटा
भित्र भर्न चाहिने समानहरु
कुखुराको किमा५०० ग्राम
मसिनो काटेको बन्दा१वटा
आजोनोमोद१/२
रातो प्याज१/२ वटा मसिनो संग काटेको
लसुन२ टेबल चम्चा
अदुवा२ टेबल चम्चा
मसलाहरु
सेतो मरिचको धुलोस्वाद अनुसार
धनियाको धुलो१/२ टेबल चम्चा
लामो हरियो खुर्सानी२ टेबल चम्चा
तरकारी तेल२ चम्चा
नुनस्वाद अनुसार
खुर्सानीको धुलो (बिकल्पको लागि)स्वाद अनुसार
टमाटरको अचार (गोलभेडाको अचार)
पाकेको टमाटर५०० ग्राम
सुकेको लामो खुर्सानी१ (मसिनो काटिएको)
लसुन२ चम्चा (मसिनो काटिएको)
अदुवा२ चम्चा (मसिनो काटिएको)
धनिया¼ कप (कटाईएको)
तरकारी तेल१ चम्चा
(यदि तपाई मसालेदार स्वाद चाहनुहुन्छ भने 1 चम्चा तोरीको साथ प्रतिस्थापन गर्न सक्नुहुन्छ)
मेथीको दाना¼ चम्चा
स्रोतहरू: Tam, S. M., Lau, J. Y. C., Lee, C. W. T. The ICONIC Mums Kitchen: Tastes of Intercultural Hong Kong.  Department of Anthropology, The Chinese University of Hong Kong