Say "NO" to Chronic Diseases

logo

किमाको छोले पकाउने तरिका Minced meat porridge

किमाको छोले पकाउने तरिका

(३ देखि ४ जनाको लागि )

पकाउने तरिका

१. बंगुरको किमालाई सोयासस, तिलको तेल, र मरिचको धुलोमा मिसाउने र कम्तिमा पनि ३० मिनेट छोपेर राख्ने ।

२. चामललाइ धुनुहोस र करिब ३०- देखि ४५ मिनेट सम्म पानीमा उमल्नुहोस तर चामल पूर्ण रुपमा पाकेको हुनु हुदैन । चामल अलि अलि पकेको र चामलकै आकारमा हुनुपर्छ र पानि चाही माद जस्तो बाक्लो हुनुपर्छ । यदि माद धेरै बाक्लो छ भने तपाइले पानि पनि थप्न सक्नुहुनेछ ।

३. चम्चाको मदतले बंगुरको मासुलाई स्कुप गरेर गोलो बल आकार दिनुहोस र मादमा मिसाएर चलाउनुहोस् । त्यस पछि भने सानो आगो गरेर ५ मिनेट सम्म पकाउने र भाडाको पिढमा नतासियोस भनेर बेला बेला चलाउनु पर्छ। मासु नपाकेसम्म यसलाई पकाई रहनुहोस् ।

४. सजावटका लागि थोरै मात्र भए पनि तेललाइ तताउनुहोस र आगोलाई सानो बनाउनुहोस र प्याजलाई खैरो हुने गरि पकाउनुहोस । सानो माछालाइ पनि खैरो प्यान फ्राइ गर्ने गरि भुट्नुहोस ।

५. अब भने छोले तयार भएको छ, सबै जनालाइ पस्केर कचौरामा हल्नुहोस र सानो टेबल चम्चाले सानो एञ्चोभि र भुटेको प्याज हाल्नुहोस । तपाईले सजवातको लागि धनिया, तिलको तेल र मरिचको धोलो हालेर खान सक्नुहुनेछ ।

सामाग्रीहरु

बंगुरको मासु (किमा)१०० ग्राम
रातो चामल१ कप
पानि१ र १/२ – २ लिटर
सोयासस१ टेबल चम्चा
तिलकाे तेल१ चम्चा
मिर्च२ चम्चा

गार्निस

तेल१ टेबल चम्चा
सानो एञ्चोवि (सानो किसिमको माछा)स्वादका लागि
सानो खाले प्याज२ टुक्रा (स्वादको लागि )
धनियास्वादको लागि
स्रोतहरू: Tam, S. M., Lau, J. Y. C., Lee, C. W. T. The ICONIC Mums Kitchen: Tastes of Intercultural Hong Kong.  Department of Anthropology, The Chinese University of Hong Kong