चिकेन मोमो वा कुखुराको मासुको मोमो
(साठी वटा)
मोमो पकाउने तरिका वा बिधि
१. कुखुराको किमालाइ मसिनोसंग काटेको ( छाला निकाल्नुहोस्त) रकारीसंग मिसाउनु होस् र आफ्नो स्वाद अनुसारको मसलाहरु मिसाउनुहोस । यदि तपाइलाई खुर्सानी मन पर्छ भने किमा संग मिसाउन सक्नुहुन्छ ।
२. मोमो भित्र राख्ने सामग्री पुरा भैसके पछि आफुलाई मनपर्ने आकारको पिठो लिनुहोस् र मोमो बनाउन सुरु गर्नुहोस्। मोमो बनाउनु भन्दा पहिले मोमो बनाउने पिठोको छेउछेउमा पानि लगाइ पिठोलाइ नरम पार्नुहोस र चाहिएको किमा पिठो भित्र राखेर मोमो बनाउन सकिन्छ ।
३. अब भने मोमो पकाउने भाडामा पनि उमाल्न सुरु गर्नुहोस् ।
४. मोमोको भाडामा मोमो तासिन नदिनको लागि मोमोको भाडामा अलि अलि तेल लगाउनुहोस । बनिसकेको मोमोलाई भाडामा अलग अलग गरेर राख्नुहोस् ।मोमोको भाडा भरि भैसके पछि भने तपाइले उम्लेको पानीमा करिब १५-२० मिनेट पकाउन सक्नुहुन्छ र पाकिरहेको पानीमा अचार बनाउनको लागि आफुलाई चाहिने जति गोलभेडा ४-५ मिनेट सम्म उमाल्न सक्नु हुन्छ । ४-५ मिनेट पछि गोलभेडालाइ निकालेर बोक्रा निकाल्न सक्नु हुन्छ र चट्नी वा अचारको लागि चाहिंने सामग्री तयार गरि सकेपछि भने मिक्सरमा राखेर चट्नी बनाउन सक्नुहुनेछ .
५. अब भने चट्नी तयार भयो र मोमो पनि पाक्यो र सबैले खान सक्नु हुनेछ ।
सामाग्रीहरु
| गोलो आकारको पिठो पातलो रोटि | साठीवटा |
| भित्र भर्न चाहिने समानहरु | |
| कुखुराको किमा | ५०० ग्राम |
| मसिनो काटेको बन्दा | १वटा |
| आजोनोमोद | १/२ |
| रातो प्याज | १/२ वटा मसिनो संग काटेको |
| लसुन | २ टेबल चम्चा |
| अदुवा | २ टेबल चम्चा |
| मसलाहरु | |
| सेतो मरिचको धुलो | स्वाद अनुसार |
| धनियाको धुलो | १/२ टेबल चम्चा |
| लामो हरियो खुर्सानी | २ टेबल चम्चा |
| तरकारी तेल | २ चम्चा |
| नुन | स्वाद अनुसार |
| खुर्सानीको धुलो (बिकल्पको लागि) | स्वाद अनुसार |
| टमाटरको अचार (गोलभेडाको अचार) | |
| पाकेको टमाटर | ५०० ग्राम |
| सुकेको लामो खुर्सानी | १ (मसिनो काटिएको) |
| लसुन | २ चम्चा (मसिनो काटिएको) |
| अदुवा | २ चम्चा (मसिनो काटिएको) |
| धनिया | ¼ कप (कटाईएको) |
| तरकारी तेल | १ चम्चा |
| (यदि तपाई मसालेदार स्वाद चाहनुहुन्छ भने 1 चम्चा तोरीको साथ प्रतिस्थापन गर्न सक्नुहुन्छ) | |
| मेथीको दाना | ¼ चम्चा |
