कोलकता स्टाइल चिल्ली चिकेन
४ जना परिवारको लागि
पकाउने तरिका
चिकेनलाइ करिब ४ देखी ५ घन्टा म्यारिनेट गर्ने र पेसर कुकरमा तेल हालेर प्याज र कलर पेपरलाइ भुट्ने र म्यारिनेटेट चिकेनलाइ कुकरमा हालेर सानो आगोमा ४ देखी ५ मिनेट पकाउने र सानो आगोमा केही समय पकाए पछि चिकेन प्यानको आसनमन तासिन थाल्छ त्यस पछि अलिकति पानि हाल्ने र ३ देखी ४ मिनेट पकाउने । त्यस पछि भने अलिकति पानि हाल्ने र पेसर कुकरमा केही बेर पकाउने र अन्तयमा मकैको पिठोकोबाट बनेको लेडोलाइ हाल्ने अब भने खाना रेडी भयो र तपाइले भातसगं खान सक्नु हुन्छ।
सामाग्रीम्यारिनेशनको लागि
| छाला फालेको कुखुराको लेग | ८ पिस |
| लसुन | ७, ८ वटा कोसा कुटेको |
| अदुवाको पेस्ट | ३ टेबल चम्चा |
| हरियो खुर्सानीको धुलो | कुटेको २वटा र काटेको २वटा |
| र्डाक सोया सस | २ टेबल चम्चा |
| नुन | १/४ टेबल चम्चा |
| बल्याक पेपर | स्वाद अनुसार |
कर्दैमा हाल्नको लागि
| मकैको पिठो | १ टेबल चम्चा बाक्लो बनाउनको लागि |
| तेल | १ टेबल चम्चा |
| प्याज | आधा काटेको वा कुटेको |
| क्लर पेपर | १ कप काटेको |
