प्रोस्टेट क्यान्सर के हो ?
प्रोस्टेटमा भएको कोषहरु अनाबस्यक रुपमा बढ्ने अबस्थालाई प्रोस्टेट क्यान्सर भनिन्छ ।

प्रोस्टेट ग्रन्थीको बनावट
- पुरुषहरुको पेल्बिकमा रहेको सानो ग्रन्थी प्रोस्टेट हो ।
- यो ग्रन्थी पुरुषको लिगँ र मुत्राशयको बिचमा हुन्छ र पिसाब फेर्ने नलिको वरिपरी फैलिएर रहेको हुन्छ ।
तथ्यांकहरु
हगंकगं
Hong Kong
महिला र पुरूषहरूकाे अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा २५ दशमलब ५ छ ।
महिला र पुरूषहरूकाे मृत्यु दर प्रति १००,००० जनसंख्यामा ४ दशमलब ३ छ ।
(Hong Kong Cancer Registry, 2018)
नेपाल
Nepal
महिला र पुरूषहरूकाे अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा १ दशमलब १ छ ।
महिला र पुरूषहरूकाे मृत्यु दर प्रति १००,००० जनसंख्यामा ० दशमलब ७९ छ ।
(IARC, 2018)
पाकिस्तान
Pakistan
महिला र पुरूषहरूकाे अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा ६ दशमलब ७ छ ।
महिला र पुरूषहरूकाे मृत्यु दर प्रति १००,००० जनसंख्यामा ५ दशमलब ० छ ।
(IARC, 2018)
भारत
India
महिला र पुरूषहरूकाे अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा ४ दशमलब ४ छ ।
महिला र पुरूषहरूकाे मृत्यु दर प्रति १००,००० जनसंख्यामा २ दशमलब ९ छ ।
(IARC, 2018)
चिन्ह र लक्षण
यो रोगले सुरुमा कुनै पनि लक्षण देख्न सकिदैन् । प्रोस्टेट क्यान्सर र प्रोस्टेट सुन्निदाको लक्षणहरु उस्ता उस्तै देखिने गर्छ ।
- पिसाब र्फेन गारो वा ढिलाइ हुने
- पिसाबको गति कम हुने
- पिसाबमा रगत देखिने
- पेटको तल्लो भाग वा हिपमा दुख्ने
कारक तत्बहरु
- उमेर बढे सगै प्रोस्टेट क्यान्सर हुने सम्भाबना बढ्ने गर्छ ।

- लिगं वा जाति

- परिवारिक इतिहास
- यदि तपाइको अभिभाबक, दिदि बहिनी, दाजु भाइ वा नानी बच्चाहरु कसैलाइ प्रोस्टेट क्यान्सर छ भने तपाइलाई अन्य ब्यक्तिहरुलाइ भन्दा दुइ, तिन गुना धैरै हुन सक्ने सम्भाबना हुन्छ ।

कृपया ध्यान दिनुहोस माथि उल्लेखित कारक तत्बहरु हुदैमा तपाईलाइ प्रोस्टेट क्यान्सर हुन्छ भन्ने छैन तर अन्य सामान्य मानिसहरुलाई भन्दा तपाइलाई धैरै हुन सक्ने संभाबना धैरै रहेको हुन्छ । त्यसैले नियमित डाक्टर वा स्वास्थ्य कर्मीसगँ प्रोस्टेटको जाचँ गराउन आबश्यक रहेको हुन्छ ।
जाचँ
प्रोस्टेट क्यान्सर पत्ता लगाउनका लागि दुइ तरिका अपनाउन सकिन्छ ।
- डिजिटल रेक्टल जाचँ (DRE): पन्जा र लुबरिकेटेट गरिएको औला मलद्धार भित्र छिराएर प्रोस्टेटलाई छामेर केही समस्याहरु छ छैन पत्ता लगाउने जाचँ ।

- प्रोस्टेट स्पेसिफिक एक्टिजेन जाचँ Prostate-specific antigen (PSA) test:
योे जाचँमा रगतमा भएको प्रोस्टेट स्पेसिफिक एक्टिजेनको मात्रा नाप्ने गरिन्छ ।
Department of Health (2017). Prostate cancer prevention and screening. Retrieved at:
https://www.chp.gov.hk/files/pdf/5_prostate_cancer_prevention_and_screening_eng.pdf
रोकथामका उपायहरु
- फाइब्रर धैरै मात्रामा भएका खानाहरु जस्तै सातपात, फलफुल, गहूँबाट बनेका खानाहरु आदि

- दिनको ३० मिनेट नियमित ब्ययाम गर्ने

- मदिरा सेवन कम गर्ने

- धूम्रपान कम गर्ने

- शरिरको वजनलाइ सन्तुलित राख्ने
