मष्तिस्कमा बग्ने रक्तनलिमा बोसो जमेर वा नसा फुटेर रगतको मात्रा कम वा बन्द भएका कारण मानिसको मष्तिस्कमा रगतको कमी भएको अबस्थालाई स्ट्रोक वा मष्तिस्कघात भनिन्छ ।
- स्ट्रोकका प्रकारहरु
- चिन्ह र लक्षणहरु
- कारक तत्बहरु
- स्ट्रोक कसरी पत्ता लगाउन?
- रोकथामका उपायहरु
स्ट्राेक बिशेष गरी दुइ प्रकारका हुन्छन्
स्केमिक स्ट्राेक
- स्केमिक स्ट्राेक
- ट्र्रजियन्ट स्ट्रोक वा मिनि स्ट्रोक (TIA or mini-stroke)
हेमाेरेजिक स्ट्राेक
स्केमिक स्ट्रोक (रगत जमेको) Ischemic Stroke (Clot)
मष्तिस्कमा सँचार हुने रक्तनली बन्द भएका कारण मस्तिसकमा चाहिने रगतको मात्रा कम भएका कारण
यो स्केमिक स्ट्रोक हुने गर्छ ।
टि आई ए अथात ट्र्जियन्ट स्ट्रोक वा मिनि स्ट्रोक TIA (Transient ischemic attack)
टि आई ए अथात ट्र्रजियन्ट स्ट्रोकलाइ मिनि स्ट्रोक पनि भनिन्छ । कारण बस केहीबेरका लागि रक्तनली बन्द भइ रगतको मात्रा दिमागमा कम हुने अबस्थालाइ टि आई ए अथात टर्राजियन्ट स्ट्रोक वा मिनि स्ट्रोक भनिन्छ । यो स्ट्रोकको लक्षण केबल १ देखी ५ मिनेट सम्म रहन सक्छ । यो रोगले लामो समयसम्म हानी गर्दैन तर यदि बेलै मा उपचार नगरेको अबस्थामा फुल स्ट्रोक हुन सक्छ ।
हेमोरेजिक स्ट्रोक (रगत बग्ने) Hemorrhagic Stroke (Bleed)
जब मष्तिस्कमा बगेका रक्तनलीहरु कुनै पनि कारणले गर्दा कमजोर भइ फुटेका कारण रगत नसा बाहिर निस्किन्छ र वरिपरि भएका कोषहरुलाई थिचेको अबस्थामा यो हेमोरेजिक स्ट्रोक हुने गर्छ ।
स्ट्रोक भएको ठाउँ र भाग अनुसार यसको लक्षण देखिने गर्छ । जटिल स्ट्रोक का कारण मानिसको ज्यान जान पनि सक्छ । (WHO)
स्ट्रोकको लक्षण पत्ता लगाउनका लागि यो फास्ट वा फेस, र्आम, स्पीच र टाइम सबै भन्दा महत्वपूण मानिन्छ ।
प्रयाप्त मात्रामा ब्ययाम नहुनु
- उमेर
- पारिवारीक इतिहास
- लिगं
- पहिले टिआइए वा मष्तिस्कघात भएको अवस्था
अस्वस्थ खानाहरु
धुम्रपान सेवन
अत्याधिक मदिरा सेवन
मतोपना
पहिले देखी रहेको रोगहरु निम्न रोगहरुले गर्दा मष्तिस्कघात धैरै हुन सक्छ ।
- उच्च रक्तचाप
- मधुमेह
- शरिरमा कोलेस्टेरोलको मात्रा बढी भएमा
- क्यारोटिट र्आरटी डिजिजस् घाटीको नसाहरु बन्द हुने
- र्आरटीरियल फिबरीलेसनस् मुटुको धड्कन एकनास नभएकाले रगत जम्ने हुनाले मष्तिस्कघात हुन सक्छ ।
- ख्क्ष्। अन्य मुटु सम्बन्धी रोगहरुस् मुटुका रोगहरु जस्तै हृदयघात, र्हाटभल्बको रोग आदिले मष्तिस्कघात हुने समभाबना धैरै बढाएर लैजान्छ ।
सि टी स्क्यान CT scan: सि टी स्क्यानले स्ट्रोकेको प्रकार, कारण र स्ट्रोक भएको स्थान पत्ता लगाउनका लागि इमेज ठुलो बनाउने काम गर्छ ।
- एमआरआइ स्क्यान MRI scan : यो एमआरआइ स्क्यान गर्ने तरिका र सीटि स्क्यान गर्ने तरिका एउटै हो तर यसमा देखिने इमेज ठुलो र रोगको ’boutमा धैरै जानकारी दिने गर्छ ।
- अल्ट्रसाउन्ड : अल्ट्रसाउन्ड मेसिनले घाटी देखी टाउको सम्म बग्ने नसामा रगतको सप्लाइ कति छ भनेर जाचँने गर्छ । यो जाचँले घाटीको नसामा कुनै बस्तु जमेर बसेको छ की छैन भनेर हेर्नका लागि यो जाचँ गरिन्छ ।
- एन्जीयोग्राफी : यो जाचँमा कम्पुयुटर हेरेर रक्तनलीमा बगेको रगतको गति थाहा पाउन सकिन्छ ।
रक्तचापलाई नियमित नियन्त्रणमा राख्ने
बोसो वा नुन धैरै भएका खाना कम खाने
हरेक दिन फलफुल र सागपात खाने
दिनको ३० मिनेट ब्ययाम गर्ने
सुद्ध गहुँबाट बनेका खाने कुरा प्रयोग गर्ने
धूम्रपान छोड्ने
शरिरको वजनलाई सन्तुलित राख्ने
अत्याधिक मदिरा सेवन नगर्ने