हरियो क्याप्सिकम र आलुको तरकारी
४ जना परिवारको लागि (२ जना बयश्क र २ जनासाना नानीहरुको लागि)
पकाउने तरिका
कर्दैमा एक टेबल चम्चा तेल हाल्ने र लामो गरि काट्ेको आलुलाइ खौरो हुने गरि भुट्ने र कर्दैबाट निकाल्ने । अब भने कर्दैमा रहेको तेलमा क्याप्सिकम भुट्ने र ठिक्कको आगोमा ७ देखी ८ मिनेट भुट्ने । क्याप्सिकमको रगं परिबर्तन हुन लागे पछि भने सबै मसला हाल्ने र केही मिनेट भुट्ने र क्याप्सिकमको क्रन्चि बनावट राख्ने र टोमाटो सस हाल्ने र मजाले चलाउने र अब भने तपाइले रोटी वा कबाबसगं खान सक्नुहुन्छ ।
बिकल्पका लागि
यो तरकारीलाइ पनिर ९कटेज चिज० सगं पनि पकाउन सकिन्छ र क्याप्सिकमलाइ माथि उल्लेखित तरिकाले पकाउन सकिन्छ र कटेज चिजको टुक्रालाइ मिसाउन सक्नुहुनेछ र यसलाइ कोठी रोलको रुपमा खान सकिन्छ ।
चाहिने सामाग्रीहरु
क्यापसिकम | ४ भागमा लामो र बाक्लो गरि काटेको |
प्याज | आधा कप मसिनो काटेको |
आलु | ठूला २ वटा लामो र बाक्लो गरि काटेको |
तेल | १ टेबल चम्चा |
नुन | आधा टेबल चम्चा |
धनियाको पाउडर | स्वाड अनुसार |
रातो खुर्सानीको पाउडर | स्वाड अनुसार |
टोमाटो केचप | १ टेबल चम्चा |