पाठेघरको मुखको क्यान्सर के हो ?

पाठेघरको मुखको क्यान्सरको बिकास असामान्य कोशिकाहरु परिवर्तनको कारण हुन्छ ।
तथ्यांकहरु
हगंकगं
Hong Kong
महिला अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा ७ दशमलब ६ छ ।
महिला मृत्यु दर प्रति १००,००० जनसंख्यामा १ दशमलब ९ छ ।
(Hong Kong Cancer Registry, 2020)
नेपाल
Nepal
महिला अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा २१ दशमलब ५ छ ।
महिला मृत्यु दर प्रति १००,००० जनसंख्यामा १४ दशमलब ३ छ ।
(IARC, 2020)
पाकिस्तान
Pakistan
महिला अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा ७ दशमलब ३ छ ।
महिला मृत्यु दर प्रति १००,००० जनसंख्यामा ५ दशमलब २ छ ।
(IARC, 2020)
भारत
India
महिला अस्वस्थ दर प्रति १००,००० जनसंख्यामा १४ दशमलब ७ छ ।
महिला मृत्यु दर प्रति १००,००० जनसंख्यामा ९ दशमलब २ छ ।
(IARC, 2020)
Signs and Symptoms
सुरूकाे अबस्थामा बिभिन्न चिन्ह र लक्षणहरू देखा पर्न सक्छ जस्तै
- महिनाबारी हुदाँ बिच बिचमा रगत बग्ने
- याैन सम्पर्क गरे पछि वा पेल्भिककाे जाचँ गरे पछि रगत बग्ने
- महिनाबारीकाे समयमा सामान्य भन्दा लामाे समय रगत बग्ने
- महिनाबारीका बेला अत्याधिक रगत बग्ने
- याैनीबाट गन्याउने पानि बग्ने
- याैन सम्पर्कका बेला दुख्ने र
- तल्लाेपेट दुख्ने
पाठेघरको मुखको क्यान्सरको जोखिम कारक तत्वहरु के के हुन ?
- धैरै यौन साथी हुनाले

- रोगसगँ लड्ने क्षमता कम भएकाले

- ह्रयूमेन प्यापीलोमाभाइरस संक्रमणको इतिहास भएको व्यक्तिमा, बिशेष गरि यो कारण पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो ।

- पाचँ बर्ष भन्दा धैरै समयसम्म परिवार नियोजनको साधन पिल्स चक्की खानाले पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ ।

- धूम्रपान

- धैरै बालबच्चा जन्माउने र सानो उमेरमा गर्भवती भएकाले

- कम उमेरमा यौन सम्पर्क गर्नाले
कृपया याद गर्नुहाेस् : अन्य मानिसहरूकाे तुलनामा माथी उल्लेखित कारक तत्वहरू धैरै हुदैमा तपाइलार्इ पाठेघरकाे मुखकाे क्यान्सर हुन्छ भन्ने छैन । यसकाे मतलब पाठेघरकाे मुखकाे क्यान्सर लाग्ने संभाबना धैरै हुन सक्छ भन्न खाेजेकाे हाे । त्यसैले बेलैमा स्वास्थ्यकर्मीकाे सहयाेग लिनुहाेस र नियमित स्वास्थ्य जाँच गर्नुहाेस् ।
रोकथामका उपायहरु
- सुरक्षित यौन सम्पर्क राख्ने, एक वा सो भन्दा धैरै यौन साथि नराख्ने र यौन सम्पर्कका बेला कन्डम प्रयोग गर्ने


- धुम्रपान नर्गने

- यौन सम्पर्क गर्नु भन्दा पहिले एचपीभी को खोप लगाउने जसले गर्दा तपाई एचपीभी सम्बन्घि रोगहरुबाट बच्न सकिन्छ ।

- क्यान्सर भएको नभएको सुरुमा पत्ता लगाउनमा लागि नियमित प्याप टेस्ट गर्ने