लिस माछाको पिरो झोल तरकारी
(छ जनाको लागि)
पकाउने तरिका
१. सबै भन्दा पहिले प्यानलाई टताउनुहोस् र तेल हाल्नुहोस् र प्याजलाई हालेर खैरो हुने गरी भुत्नुहोस् ।
२. सानो कचौरामा रातो खुर्सानी, बेसारको धुलो, नुन र पानी मिसाउनुहोस् र लेदो बनाउनुहोस्। त्यस पछी प्याज प्यानमा हालेर करिब ३ मिनेट सम्मा भुत्नुहोस् । त्यस पछी पानी हालेर १ मिनेट सम्मा पकाउनुहोस ।
३. अब भने माछालाई प्यानमा मजाले फैलाउनुहोस् र केही समयका लागि नचलाऊनुहोस् जस्ले पर्दा माछामा पिरो सबैतिर लाग्न सकोस। २ मिनेट सम्म पकाइसके पछी माछालाई फर्काउनुहोस् र केही समयको लागि प्यानलाई अतिकै छोड्नुहोस्।
४. त्यस पछी टमाटर र हरियो खुर्सनी मिसाउनुहोस् र ठीक्कको आगोमा ५ मिनेट सम्मा पकाउनुहोस् । पकिसके पछी माछालाई पलेटमा हल्नुहोस् र धनीयालाई माथिबाट छरेर खान सक्नुहुनेछ ।
सामाग्रीहरु
| लिस माछा (सात भागमा काट्ने र टाउको र पुच्छर साथमा राख्ने ) | ५०० ग्राम |
| वेगिटेबल तेल | २ टेबल चम्चा |
| प्याज | १ कप (काटेको) |
| रातो खुर्सानीको धुलो | १ टेबल चम्चा |
| बेसारको धुलो | हाफ टेबल चम्चा |
| नुन | १ टेबल चम्चा |
| पानी | १२५ मिलिलिटर |
| टमाटर | २ (ठीक्कको र यस्लाई बिचभगबाट ४ फक्ल्याक कत्नुहोस् ) |
| हरियो खुर्सानी | ४-५ |
| धनीया | २-३ मुठा काटेको |
